नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाटा हानेर देश नबन्ने बताएका छन्।
बुधबार जनकपुरधाममा पार्टीका ‘भिजन’ सार्वजनिक गर्दै सभापति थापाले ‘तँ चोर, म असल’ भनेर देश नबन्ने प्रस्ट्याएका हुन्। देश बनाउन समस्याको जरा पत्ता लगाउनुपर्ने उल्लेख गर्दै थापाले आफूहरू त्यही संकल्प बोकेर आएको बताए।
‘तँ चोर, म असल। म भाटाले हानेर ठिक लगाउँछु– यसरी देश बन्ने भए धेरै पहिला बनिसक्थ्यो। देश यसरी बन्दैन। समस्या छ। समस्याको जरा कहाँ छ? कुन ठाउँमा गएर ठिक बनायो भने परिणाम ठिक आउँछ? एउटा–एउटा कुरा खोजेर त्यो गर्ने संकल्प बोकेर यहाँ उभिएका छौँ,’ थापाले भने।