नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरू प्रतिज्ञाबाट एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता जनाएका छन्। बुधबार जनकपुरमा कांग्रेसको ‘भिजन १०’ सार्वजनिक गर्दै सभापति थापाले यस्तो बताएका हुन्।
जुनसुकै परिस्थितिमा सभापतिदेखि गाउँ तहका प्रत्येक सदस्यले पाँच वर्षसम्म कांग्रेसको प्रतिज्ञाको पालना गर्ने थापाको भनाइ थियो।
‘नेपाली कांग्रेसको सभापतिदेखि गाउँ तहसम्म बसेका एउटा-एउटा सदस्यले पाँच वर्ष यसको पालना गर्नेछन्। जस्तोसुकै असहज परिस्थिति होस्– सरकारमा होला प्रतिपक्षमा होला, महलमा होला सडकमा होला। तर, राजा जनकले जस्तै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट आफूलाई एक इन्च पनि पर सार्नेवाला छैन,’ सभापति थापाले भने।