राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका अधिकारलाई माग बनाएर राजनीति गर्नेको सटर बन्द गरिदिन मतदातालाई आग्रह गरेका छन्।
बुधबार धनगढीमा पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले कि रास्वपाको कि पुराना दलको सटर बन्द गरिदिन आह्वान गरे।
‘जनताको अधिकारलाई, जनताको मुद्दालाई, सुदूरपश्चिमको मुद्दालाई, सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौँसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। सटर एउटा त बन्द हुनुपर्छ– कि हाम्रो सटर बन्द गराइदिनुस् कि यिनको सटर बन्द गराइदिनुस्,’ उनले भने।
सभापति लामिछानेले यही २१ फागुन भोट हाल्ने मात्र नभई इतिहास लेख्ने दिन हो भन्दै थपे, ‘कुशासनको सटर बन्द गर्ने हो, बेथितिको सटर बन्द गर्ने हो, बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो, एकैपटक। २१ गते इतिहास लेख्ने हो भोट हाल्ने होइन।’