कञ्चनपुर पुगे रवि लामिछाने

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछाने कञ्चनपुर पुगेका छन् । मंगलबार जिल्ला पुगेका पार्टी सभापति लामिछानेले बुधबार महेन्द्रनगर पुगेर पार्टीका उम्मेदवार जिताउन आह्वान गरेका छन्। भ्यानबाटै चुनाव चिह्न घन्टी बजाउँदै र पार्टीको झन्डा फहराउँदै कञ्चनपुरका उम्मेदवार जिताउन आह्वान गरेका हुन् ।

लामिछानेसँगै क्षेत्र नम्बर ३ का उम्मेदवार ज्ञानेन्द्रसिंह महताले  घन्टीका लागि मत मागे। लामिछाने महेन्द्रनगरपछि क्षेत्र नम्बर  २ को झलारी, वाणी, गुलरियादेखि राजघाट हुुँदै धनगढी गएका हुन् । रास्वपा कञ्चनपुर १ बाट जनकसिंह धामी, २ दीपकराज बोहरा र ३ मा ज्ञानेन्द्रसिंह महता पहिलोपटक चुनावी मैदानमा होमिएका छन् । 

यसअघि गत १३ माघमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पनि कञ्चनपुर पुगेर घन्टी बजाउँदै उम्मेदवार जिताउन आह्वान गरेका थिए । उनले सुशासनका लागि एकपटक रास्वपाको परीक्षा लिनसमेत आग्रह गरेका छन् ।  बुधबार सुदूरपश्चिम प्रदेश धनगढीबाट हुने रास्वपा चुनावी सभा सम्बोधनका लागि पार्टी सभापति लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहसहितका शीर्ष नेता धनगढी पुगेका छन् । 

सुझावित समाचार