इंग्ल्यान्डसँगको खेलबाट धेरै सिक्यौँ, आजको डेथ बलिङ उत्कृष्ट भयो : रोहित पौडेल

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपअन्तर्गत आफ्नाे अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले हरायो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा ५० रन जोडेपछि नेपालले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो। 

जितपछि नेपालका कप्तान रोहित पौडेलले आजको डेथ बलिङ उत्कृष्ट रहेको प्रतिक्रिया दिए । ‘लिग चरणको अन्तिम खेल जित्नु हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ । उत्कृष्ट डेथ बलिङको मद्दतले स्कटल्यान्डलाई १७० रनमा रोक्न सक्यौँ,’ कप्तान पौडेलले भने, ‘हामी विकेटमा भन्दा पनि डट बलमा केन्द्रित भयौँ । इंग्ल्यान्डसँगको खेलबाट धेरै सिक्यौँ । समष्टमा भन्नुभर्दा हामी इंग्ल्यान्ड र स्कटल्यान्डसँग जस्तो खेल खेल्न चाहन्छौँ, इटालीसँग जस्तो होइन, हामी आगामी खेलहरू सुधार्ने प्रयास गर्नेछौँ ।’ 

स्कटल्यान्डसँगको खेलमा दीपेन्द्रसिंह ऐरी म्यान अफ दी म्याच घोषित भएका छन् । 
 

सुझावित समाचार