सन् २०२४ को टी २० विश्वकपमा छनोट नै हुन नसकेको जिम्बाब्वेले यसपटकको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ। यसपटक जिम्बाब्वे छनोट मात्र भएन, सुपर ८ सम्मको यात्रा पनि सुनिश्चित गरेको छ।
समूह ‘बी’मा रहेको जिम्बाब्वेले सुरुका दुई खेल जित्यो भने मंगलबारको आयरल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भएसँगै अंक बाँडेर एक खेलअगाडि नै सुपर ८ को यात्रा तय गरेको हो। उसले सुरुका दुई खेलमा आयरल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो। समूह चरणमा उसको अन्तिम खेल श्रीलंकासँग बाँकी छ। यो समूहबाट श्रीलंका र जिम्बाब्वे अघिल्लो चरणमा पुगेका छन् भने बलियो टिम मानिएको अस्ट्रेलियासहित आयरल्यान्ड र ओमान भने बाहिरिएका छन्।
सन् २०२४ मा अफ्रिकाबाट जिम्बाब्वेलाई हराउँदै युगान्डा विश्वकपमा छनोट भएको थियो। यसपटक उसले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।