पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

आयल निगमले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल १ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ३ रुपैयाँ प्रतिलिटर मूल्य बढाएको छ। मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १५७ र डिजेल तथा मट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर पुगेको छ।

आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य आउँदा पेट्रोल १.५१ रुपैयाँ र डिजेल ५.०२ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ। आइओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ। त्यसकै आधारमा निगमले नेपाली बजारमा मूल्य निर्धारण गर्दै आएको छ। 

मूल्य बढेपछि तराईमा पेट्रोल १५४.५० र डिजेल तथा मट्टीतेल १३९.५० रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ। त्यस्तै, सुर्खेत र दाङमा भने पेट्रोल १५६ र डिजेल तथा मट्टीतेल १४१ रुपैयाँ निर्धारण गरिएको छ। ढुवानी लागतमा पर्न गएको अन्तरका कारण निगमले फरक–फरक मूल्य निर्धारण गर्दै आएको छ।

सुझावित समाचार