प्रलोपाले सार्वजनिक गर्‍यो निर्वाचन घोषणापत्र

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनमार्फत पार्टीका नेताहरूले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

प्रलोपाले हाल अभ्यासमा रहेको लोकतन्त्रले जनतालाई पाँच वर्षमा एकपटक मतदान गर्ने अधिकारमा मात्र सीमित गरेको टिप्पणी गरेको छ। लोकतन्त्रका नाममा दलतन्त्र, गुटतन्त्र र नेतातन्त्र मौलाएको भन्दै पार्टीले ‘प्रगतिशील लोकतन्त्र’को अवधारणा अघि सारेको जनाएको छ।

पार्टीले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्यांकन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ।

सुझावित समाचार