महाशिवरात्रि पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबिच संवाद गर्ने पर्व : ओली

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले महाशिवरात्रि पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबिच संवाद गर्ने पर्व भएको बताएका छन् ।

महाशिवरात्रि पर्वको अवसरमा आज बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले बाहिरको कोलाहलमा नभई भित्रको विवेकमा सत्य निहित रहेको उल्लेख गर्दै यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकून् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस् भन्ने कामना गरेका छन् ।

सुझावित समाचार