लोकप्रियतावादसँग सचेत रहन एमालेको आह्वान

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

एमालेले लोकप्रियतावाद केही समयका लागि भ्रममा टिक्ने र त्यसले राष्ट्रिय हितमाथि नै गम्भीर प्रभाव पार्न सक्ने भन्दै सचेत रहन सबैको ध्यानाकर्षण गराएको छ । केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजना गरेर एमालेले ध्यानाकर्षण गराएको हो ।

‘देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति हामी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्राय: भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ,’ एमालेले विज्ञप्तिमा भनेको छ, ‘एमाले नेपालका आमजनता, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, युवा वर्ग, किशोरकिशोरी सबै मतदातासमक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँददै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढंगले आफ्नो मताधिकार प्रयोग नेकपा एमालेको सूर्य चिन्ह्मा प्रदान गर्न अनुरोध गर्दछौँ ।’ 

एमालेले विश्वभरका धेरै र दक्षिण एसियाका केही देश लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थ अगाडि स्पष्ट रहेको भन्दै स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने पार्टीको दृढ विश्वास रहेको पनि प्रस्ट पारेको छ । 

त्यस्तै, पेसाकर्मी नागरिक समाज तथा सामुदायिक अभियन्तासँग लोकतन्त्र र सामाजिक न्यायको सुनिश्चितताका लागि सहकार्य गर्न आह्वान गरेको छ भने विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवारमार्फत र समुदायमार्फत सकारात्मक जनमत निर्माण गर्न निर्वाचनमा सहयोग पुर्याउन पनि एमालेले आह्वान गरेको छ । 

See More On

सुझावित समाचार