पुराना राजनीतिज्ञ विश्वबन्धु थापाको निधन

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

पुराना राजनीतिज्ञ, राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ । २००७ देखि पछिल्लो समयको राजनीतिक घटनाक्रमका साक्षी थापाको निधन भएको राप्रपा प्रवक्ता माेहनकुमार श्रेष्ठले जानकारी दिए । 

‘देशले एकजना इतिहास पुरुष र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको छ। राप्रपा निर्माणमा स्व. थापाको योगदान सदैव आदरपूर्वक स्मरणमा रहिरहनेछ,’ श्रेष्ठले भने । थापा विपश्यना साधकसमेत थिए ।

दिवंगत नेता थापाको पार्थिव शरिरलाई आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म निजी निवास गैह्रीधारामा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने परिवारले जनाएको छ।

२०१५ सालको आमनिर्वाचनमा उनी कांग्रेसबाट सांसद निर्वाचित थिए । उनी त्यसवेला संसदमा कांग्रेसका प्रमुख सचेतक थिए जतिवेला बिपी कोइराला प्रधानमन्त्री थिए । 

उनले कांग्रेसबाट राजनीतिक करिअर सुरु गरेका थिए । ००७ सालको क्रान्तिमा उनी सहभागी थिए । राजा महेन्द्रले बिपी सरकार अपदस्थ गरेर सत्ता हातमा लिएपछि थापा राजाको समर्थनमा लागेका थिए । उनी ०२० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए ।

सुझावित समाचार