रोजगारीका लागि हंगेरी पठाइदिन्छु भन्दै ठगी एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाका कालिन्चोक गाउँपालिका–४ का घर भई हाल गोकर्णेश्वर नगरपालिका बस्दै आएका ५६ वर्षीय महेश तामाङलाई पक्राउ गरेको हो।
तामाङले हंगेरीमा आकर्षक तलबसहित रोजगारी दिलाइदिने आश्वासनहित एक व्यक्तिबाट तीन लाख ठगी गरेको खुलेको छ।