आइसिसी टी–२० विश्वकपमा अमेरिकाले नेदरल्यान्ड्समाथि सानदार जित निकालेको छ। शुक्रबार चेन्नईमा भएको खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको अमेरिकाले १९६ रनको विशाल योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा नेदरल्यान्ड्स १०३ रनमा अलआउट भयो।
समूह ‘ए’मा रहेको अमेरिका पहिलो खेलमा भारतसँग पराजित भएको थियो । नेदरल्यान्ड्सले भने पहिलो खेलमा नामिबियालाई हराएको थियो । यो समूहमा भारत र पाकिस्तानले दुई–दुई जित निकालिसकेका छन्।