बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि पानीपोखरी निर्माण

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानीपोखरी निर्माण गरिएको छ । निकुञ्जमा वन्यजन्तुको संख्या बढेसँगै पानीपोखरी निर्माण गरिएको हो ।  निकुञ्जभित्र चित्तल, मृग, बाह्रसिंगे जरायो, रतुवा, बाघ, हात्ती, गैँडा, चितुवालगायतका वन्यजन्तुको संख्या बढेसँगै निकुञ्जले वन्यजन्तुलाई पानी पिउन सहज होस् भनेर घाँसैमैदानसँग पोखरी निर्माणको कामलाई पनि तीव्र बनाएको छ ।

निकुञ्जभित्र वन्यजन्तुलाई पानी पिउनका लागि १९६ वटा पानीपोखरी निर्माण गरेको निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।  उनले भने, ‘निकुञ्जभित्र घाँसेमैदानसँग पानीपोखरी पनि हुँदा वन्यजन्तुलाई पानी पिउन सहज भएको छ भने पानी पिउनका लागि वन्यजन्तुलाई टाढा जानुपर्ने बाध्यताको अन्त्यसमेत भएको छ ।’

निकुञ्जभित्र बाघपोखरी, बलिरामपोखरी, टाइगर टप्स पोखरी, कमलपोखरी, हात्तीपोखरी, दामोदरपोखरी, देउतापोखरी, लालीगुराँस पोखरी, गैँडापोखरी, चितलपोखरीलगायतका पोखरी रहेका छन् । निकुञ्जभित्र रहेका पोखरी पुरिएमा वा सुक्दै गएमा त्यसको व्यवस्थापन गर्न मर्मत कार्यसमेत हुँदै आएको छ ।

सुझावित समाचार