कांग्रेसले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले आगामी आइतबार चुनावकेन्द्रित प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर कांग्रेसले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो।

पार्टी सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र नभनी यो पाँच वर्ष सरकार चलाउने योजनासहितको प्रतिज्ञापत्र हुने बताएका छन्। पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञापत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत प्रस्ट पारेका छन्। 

प्रतिज्ञापत्र पार्टी कार्यालय बिपीनगर सानेपामा ३ गते आइतबार दिउँसो २ बजे सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार