झापाबाट काठमाडौं आइपुगे पूर्वराजा शाह

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। उनी कैलाश हेलिकाेप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

पूर्वराजा शाहलाई स्वागत गर्न राजावादी समर्थकहरू विमानस्थलअगाडि भेला भएका छन्। सम्भावित भिड व्यवस्थापन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ। विमानस्थल क्षेत्रवरपर अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

यसअघि शाह बुद्ध एयरको नियमित उडानमार्फत काठमाडौं आउने कार्यक्रम रहेको थियो। तर, प्रतिकूल मौसमका कारण उडान ढिला हुने भएपछि उनले हेलिकाेप्टरमार्फत यात्रा गर्ने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले बताएका छन्।

सुझावित समाचार