मटिहानीमा ट्याक्टरको रोटाबेटरमा काटिएर दुई बालिकाको मृत्यु

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

महोत्तरीको मटिहानी नगरपालिका– ४ मझौरामा ट्याक्टरको रोटाबेटरमा काटिएर दुई बालिकाको मृत्यु भएको छ। सोही ठाउँ निवासी इमरान राइनकी सात वर्षीया छोरी फरहाना खातुन र सिराहा जिल्लाको सिराहा नगरपालिका– ११, माडर बस्ने सम्तुला राइनकी छोरी आठ वर्षीया रफिया खातुनको मृत्यु भएको हो ।

चालक गरिब आलमले चलाएको ज.१त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको अवस्थामा ट्याक्टरमाथि बसेकी दुई बालिका लड्दा ट्याक्टरको पछाडि लागेको रोटाबेटरमा टाउकोको भाग काटिएर मृत्यु भएको हो ।

स्थानीय फुल मोहम्मदको उक्त ट्याक्टर रहेकोमा चालक भने घटनापछि फरार भएको प्रहरीले जनाएको छ । चालकको खोजतलास भइरहेको छ । यता घटनाको जानकारी पाएलगत्तै मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल घटनास्थल पुगेका थिए । उनले चालकलाई तत्काल पक्राउ गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

सुझावित समाचार