विश्वकपमा भारतको दोस्रो जित : बिहीबारका तीनै खेलमा ठुलो अन्तरको हारजित

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपमा भारतले दोस्रो जित हात पारेको छ। बिहीबार दिल्लीमा भएको खेलमा भारतले नामिबियालाई ९३ रनले पराजित गरेको हो। 

पहिले ब्याटिङ गरेको भारतले नाै विकेट गुमाएर २०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा नामिबिया ११६ रनमै समेटियो। 

पहिलो खेलमा भारतले अमेरिकालाई हराएको थियो। दुई जितसँगै भारत समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा रहेको पाकिस्तानले पनि दुई खेल जितिसकेको छ। 

बिहीबार भएका अन्य दुई खेलमा पनि ठुलो अन्तरको हारजित भयो। समूह ‘सी’मा रहेका नेपाल र इटालीबिचको खेलमा इटली १० विकेटले विजयी भयो। नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गर्दै विश्वकपमा पहिलो जित दर्ता गरेको हो। 

त्यस्तै, समूह ‘बी’मा रहेको श्रीलंकाले ओमानलाई १०५ रनले पराजित गर्याे । सुरुमा ब्याटिङ गरेर श्रीलंकाले २२५ रन बनाएकोमा ओमान १२० रनमै समेटिएको थियो । 
शुक्रबार अस्ट्रेलिया र जिम्बावे, क्यानडा  र युएई तथा नेदरल्यान्ड्स र अमेरिकाबिच खेल हुँदै छ। 

सुझावित समाचार