आइसिसी टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ।
कप्तान रोहितकुमार पौडेलसँगै ओपनर आशिफ शेख पनि आउट भएका छन्। पौडेल २३ रन जोडेर पेभेलियन फर्किएलगत्तै दुई बलपछि आशिफ आउट भएका हुन्। २० बल सामना गरेका आशिफले २० रन मात्र बनाए।
यसअघि दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल आउट भएका थिए। १० बल सामना गरेका भुर्तेलले पनि मात्र पाँच रन जोडे।
८.१ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर ५३ रन जोडेको छ।