काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) नेपाल क्लियरिङ हाउस (एनसिएचएल)मा आबद्ध भएको छ । भुक्तानीसम्बन्धी कारोबारलाई अटोमेट गर्न यी दुवै पक्षबिच सम्झौता भएको हो ।
सम्झौतापत्रमा केयुकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेल र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका थिए । केयुकेएलले एनसिएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा वितरण सुरु गरेको छ ।
सम्झौतापश्चात् केयुकेएलको आन्तरिक प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई)सँग जोडी विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सुरु गरिएको हो । यसअन्तर्गत एनसिएच–आइपिएस र आरपिएस प्रणालीमार्फत तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका भुक्तानीसम्बन्धी कारोबार गर्न सकिनेछ ।