विद्यालयमा गोलीबारी हुँदा आक्रमणकारीसहित १० जनाको मृत्यु

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

क्यानडाको पश्चिममा अवस्थित एक विद्यालयमा गोलीबारी हुँदा नौजना मारिएका छन् भने दर्जनौँ घाइते भएका छन् । देशको इतिहासकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डमध्ये सो घटनामा संदिग्ध व्यक्ति पनि आत्महत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

घटना ब्रिटिस कोलम्बिया राज्यको दुर्गम सहर टम्बलर रिजमा रहेको हाई स्कुलमा घटेको थियो । घटनालगत्तै ६ जना मानिसको शव विद्यालयपरिसरमा फेला परेको र थप दुईजनाको शव नजिकैको भवनमा फेला परेको प्रहरीले जनाएको छ ।

रोयल क्यानेडियन माउन्टेड पुलिसका अनुसार एकजनाको भने उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । प्रहरीका अनुसार संदिग्ध बन्दुकधारी पनि विद्यालयमा मृत फेला परेका थिए । घटनापछि देशका प्रधानमन्त्री मार्क कार्नीले बुधबार म्युनिख सुरक्षा सम्मेलनका लागि जर्मनी जाने योजना स्थगित गरेका छन् । 

See More On

सुझावित समाचार