नेपाल र इंग्ल्यान्डबिच वानखेडे रंगशालामा भएको खेलमा १९ हजार दर्शक उपस्थित भएको आइसिसीले जनाएको छ। आइतबार भएको खेलमा नेपाल अन्तिम ओभरमा ४ रनले पराजित भएको थियो। जुन खेल हेर्न १९ हजार ३६९ दर्शक उपस्थित भएको आइसिसीले जनाएको छ।
यस्तै, हालसम्म सबैभन्दा धेरै आयोजक भारत र अमेरिकाबिचको खेलमा २८ हजार ७२६ दर्शक उपस्थित भएका छन्। यो खेल पनि वानखेडे रंगशालामा भएको थियो।
सबैभन्दा कम दर्शक पाकिस्तान र नेदरल्यान्ड्सबिचको खेलमा पाँच हजार मात्रै रहेका छन्। यो खेल श्रीलंकाको कोलम्बोमा भएको थियो। जुन यो विश्वकपको पहिलो खेल हो।
यस्तै, चेन्नइमा भएको न्युजिल्यान्ड र अफगानिस्तानको खेल हेर्न २४ हजार ९९१ तथा कोलम्बोमा श्रीलंका र आयरल्यान्डबिचको खेल हेर्न २३ हजार ४२९ समर्थक उपस्थित भएका थिए।
आइसिसीका अनुसार हालसम्म ६ खेलमा एक लाख १६ हजार ५९५ समर्थकले मैदानमै उपस्थित भएर विश्वकप हेरेका छन्।