सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

मंगलबार, २७ माघ, २०८२
डिजिटल संस्करण

लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा फुटबल एकेडेमीलाई अढाई लाख रुपैयाँ सहयोग गरेको छ । सहारा क्लब पोखराद्वारा पोखरा– १७ दोबिल्ला, कास्कीमा सञ्चालित उक्त एकेडेमीलाई सहयोग गरिएको हो । 

बैंकका सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देलले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई सो रकमबराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रबन्धक, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकालीको उपस्थिति थियो । 

सहयोग हस्तान्तरणपछि आचार्यले एकेडेमीमा आश्रित बालबालिकालाई निरन्तर सहयोग गर्न पाउँदा खुसी लागेको बताए । बैंकले प्रदान गरेको आर्थिक सहयोगप्रति क्लबका अध्यक्ष थापाले सहयोग रकम एकेडेमीमा आश्रित बालकबालिकाको खाजा र खानाका लागि खर्च गरिने जानकारी गराए । 

सुझावित समाचार