संखुवासभाको पाँचखपनबाट सातजना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
पाँचखपन नगरपालिका– ६, वानाबजारमा सोमबार दिउँसो करिब ४ बजेतिर जुवातास खेलिरहेको अवस्थामा सातजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए।
गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेका सातजनालाई नियन्त्रणमा लिई तीन बुक तास, पाँच लाख १३ हजार ३५० नगद बरामद गरेको डिएसपी मैनालीले बताए।
नियन्त्रणमा लिएका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।