इंग्ल्यान्डविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, शेर मल्लको डेब्यु

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण
इंग्ल्यान्डविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, शेर मल्लको डेब्यु

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा दुईपटकको च्याम्पियन इंग्ल्यान्डविरुद्ध टस हारेको छ। 

आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकलेटस जितेर ब्याटिङ रोजेका हुन्। रोहितकुमार पौडेल नेतृत्वको नेपाली टोलीले पहिले फिल्डिङ गर्नेछ।

शेर मल्लले नेपाल राष्ट्रिय टिमबाट विश्वकपमा डेब्यु गरेका छन्। समूह ‘सी’मा दुवै टोलीको पहिलो खेल हो। समूहमा नेपालसहित वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन्।

नेपाली क्रिकेटले अहिलेसम्म सामना गर्न लागेको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी इंग्ल्यान्ड हो। नेपाल र इंग्ल्यान्ड पहिलोपटक कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। यो प्रतिस्पर्धालाई टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबिचको लडाइँको रूपमा हेरिएको छ।

हाल टी–२० वरीयतामा इंग्ल्यान्ड तेस्रो स्थानमा छ। नेपाल भने १६औँ स्थानमा छ। इंग्ल्यान्डसँग प्रतिस्पर्धासँगै नेपालले वानखेडे रंगशालामा डेब्यु गर्नेछ। 

नेपालका कप्तान रोहितले टेस्ट राष्ट्रविरुद्ध उच्च मनोबलले खेल्ने र सुपर आठमा पुग्न खेल्ने बताएका छन्। पछिल्लो समय भारत, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध गरेको प्रदर्शनका कारण पनि नेपाली खेलाडीमा आत्मविश्वास बढेको छ।

गत सेप्टेम्बरमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको ऐतिहासिक शृंखलामा नेपाल ऐतिहासिक जित निकाल्न सफल भएको थियो।

नेपालको प्लेइङ ११ 
रोहितकुमार पौडेल (कप्तान), गुल्सन झा, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, करण केसी, शेर मल्ल, नन्दन यावद, सन्दीप लामिछाने

इंग्ल्यान्डको प्लेइङ ११
ह्यारी ब्रुक (कप्तान), फिल साल्ट, जस बट्लर, ज्याकोप बेथेल, टम बान्टन, साम करन, विल ज्याक्स, लिआम डावसन, जोफ्रा आर्चर, आदिल रसिद, लुक विड

सुझावित समाचार