रेशम चौधरीको उम्मेदवारी रद्दबारे सर्वोच्चमा सुनुवाइ जारी

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाकाे इजलासमा सुनुवाइ भइरहेकाे छ र छिट्टै अन्तरिम आदेश हुने वा नहुने निर्णय आउनेछ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली १ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन निर्वाचन अधिकृतले जन्मकैद सजाय पाएका व्यक्तिले उम्मेदवार हुन नपाउने कानुनको आधारमा खारेज गरेको थियो।

चौधरी ०७२ भदौ ७ गते थारू आन्दोलनको क्रममा टीकापुर घटनामा आरोपित थिए र सबै अदालतले दोषी ठहर गरेका थिए। पछि गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि उनी कारागारमुक्त भएका थिए।

सुझावित समाचार