स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्यमा वृद्धि देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख पाँच सय रुपैयाँ कायम भएको छ । यस्तै, एक तोला चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार रुपैयाँ र चाँदी चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार दुई सय रुपैयाँ र चाँदी चार हजार ९८० रुपैयाँ रहेको थियो ।