कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको आक्रमणबाट एक नाबालिकाको मृत्यु भएको छ। लालझाडी गाउँपालिका– ६, चाँन्देवकी ६ वर्षीया रोजिना साउदको मृत्यु भएको हो।आइतबार बिहान झन्डै ३ बजेतिर आएको हात्तीको बथानले साउदको घरमा आक्रमण गर्दा ५५ वर्षीया पार्वती साउद र उनकी ६ वर्षीया नातिती रोजिना साउद घाइते भएकी भएका थिए।
कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीका अनुसार घाइते दुवैको सी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि ६ वर्षीया बालिका रोजिनालाई धनगढी रेफर गरिएको र अस्पताल नपुग्दै बाटोमै रोजिनाकाे ज्यान गएको हो। हात्तीको आक्रमणमा परेका घाइतेद्वयको नेपाली सेनाले उद्धार गरेको थियो । पछिल्ला दिनहरूमा कञ्चनपुरमा जंगली हात्तीको आक्रमण नरोकिएपछि अकालमै मानिस ज्यान गुमाउन बाध्य भएका छन्।