रोयल इन्फिल्ड बाइक राइड सम्पन्न

शनिबार, २४ माघ, २०८२
डिजिटल संस्करण

गैरे प्रतिष्ठान बुटवलको आयोजनामा शनिबार  रुपन्देहीमा रोयल इन्फिल्ड बाइक राइड  सम्पन्न भएको छ। बुटवल–११ कालिकानगरस्थित रोयल इन्फिल्डको सोरुमबाट सरु भएको र्याली राजमार्ग चौराह, पुष्पलाल पार्क, नेपालगन्ज रोड, गोलपार्क, ट्राफिक चोक हुँदै भैरहवा बुद्धचोकसम्म पुगेर पुनः भलवारी आएर विशेष कार्यक्रमका बिच समापन गरिएको छ। गैरे प्रतिष्ठान बुटवलका एमडी प्रवेशराज गैरेका अनुसार राइडमा करिब दुई सयजनाको  सहभागिता रहेको थियो। उनका अनुसार  उक्त राइडमा राइडरहरूको क्लब ह्विल्स अफ लुम्बिनी, बुटवल इन्फिल्डर्स, लुम्बिनी इन्फिल्डर्स, यलो रन्च बुटवल र ब्रदरहुड सैनामैनालगायतका क्लबहरूको सहभागिता रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे, रोयल इन्फिल्डका नेपालका लागि ब्रान्ड एम्बास्डर सन्दीप क्षेत्री, अल्फा अटोमोटिभ प्रालिका मेघराज पौडेल, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दीपेश बस्याललगायतले संयुक्त रुपमा फ्लेग राइज गरेर कार्यक्रमको सुरुवात गरेका थिए । रोयल इन्फिल्ड बुटवलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालि रहेको छ। गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे, प्रतिष्ठानका कार्यकारी प्रमुख लक्ष्मी गैरे, म्यानेजिङ डाइरेक्टर प्रिया गैरेसहित प्रतिष्ठानका पारिवारिक सदस्यहरू ट्राफिक प्रहरीका अधिकृतहरू रोयल इन्फिल्डका प्रतिनिधिहरुसहित रोयल इन्फिल्डका राइडरहरूलगायतको सहभागितामा कार्यक्रम भव्य रूपमा शुभारम्भ गरी सम्पन्न गरिएको गैरे प्रतिष्ठानका लेखाप्रमुख कमल घिमिरेले जानकारी दिए ।

राइडमा जानुअघि सहभागीहरुलाई ट्राफिक नियम पालनालगायतका विषयमा परामर्शसमेत दिइएको बुटवल सोरुम म्यानेजर नारायणप्रसाद खनालले बताए ।  
कार्यक्रमको उद्घाटन कार्यक्रममा नेपालमा रोयल इन्फिल्ड बाइका लागि आधिकारिक आयातकर्ता अल्फा अटोमोटिभ प्रालिका मेघराज पौडेलले सामाजिक सचेतना तथा सम्बन्ध विस्तारका लागि कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गरे। रोयल इन्फिल्डले देशका विभिन्न सहरहरूमा हरेक महिला छोटो तथा लामो दूरीका यात्रा अभियान सञ्चालन गरिरहने बताउँदै उनले यसको माध्यमबाट पर्यटनको विकास, राइडरहरूबिच व्यावसायिक तथा सामाजिक परिचय र सम्बन्ध विकासमा टेवा पुग्ने गरेको उल्लेख गरे ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले कार्यक्रमले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनासम्बन्धी राम्रो सन्देश दिने विश्वासका साथ कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानु पाण्डेले ट्राफिक सचेतना सम्बन्धमा प्रकाश पारेका थिए। 
 

सुझावित समाचार