उद्योग व्यापार संघको कार्ययोजना पारित

शनिबार, २४ माघ, २०८२
डिजिटल संस्करण

उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न योजनाहरू पारित गरेको छ ।

जसअनुसार स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण भन्ने मूल नारालाई आत्मसात् गर्दै सदस्यता विस्तार, २०८३ पुसमा बुटवल मण्डपमा पाँचौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना, संस्थागत सुदृढीकरण, उद्योगी–व्यवसायीको क्षमता विकास, अवलोकन भ्रमण, नीति संवाद, १५ वटा वस्तुगत समिति गठन, आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरतालगायत योजना पारित भएका छन् ।

कार्यशालाले आगामी एक वर्षभित्र एक हजारजना नयाँ सदस्यलाई संघमा आबद्ध गराउने, आजीवन सदस्यता विस्तारमा सयजना थप गर्ने, मानार्थ सदस्यमा २० जना थप गर्ने र निष्क्रिय तथा पुराना सदस्यलाई सक्रिय बनाउन विशेष अभियान सञ्चालन गरिने भएको छ ।
 

सुझावित समाचार