एलबिए क्रिकेट प्रतियोगिताको उपाधि धनगढीको सिसिएसलाई

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

एलबिए क्रिकेट प्रतियोगिता ०८२ को उपाधि धनगढीको सिसिएस प्लस–टु कलेजले जितेको छ। महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीको कभर्डहलमा आयोजना गरिएको आठौँ संस्करणको उपाधि सिसिएस प्लस–टु कलेजले हात पारेको हो।

शुक्रबार सम्पन्न फाइनलमा सिसिएसले आयोजक एलबिएको टिमलाई पराजित गर्दै उपाधि हात पारेकाे हाे । टस जितेको आयोजक एलबिएले ६९ रनको टार्गेट दिएको थियो। मात्र दुई विकेट गुमाएर सिसिएसले ७० रन बनाउँदै जित हासिल गरेको हो।

विजेता सिसिएसलाई नगद एक लाख १५ हजार र उपविजेता एलबिएलाई नगद ६० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरिएको छ। साथै उत्कृष्ट खेलाडीहरूलाई समेत नगदसहित मेडल, प्रमाणपत्र वितरण गरिएको छ।

सुझावित समाचार