तीन करोड रुपैयाँबराबरको चोरी गर्ने व्यक्ति पक्राउ

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण
तीन करोड रुपैयाँबराबरको चोरी गर्ने व्यक्ति पक्राउ

अभियुक्तबाट प्रहरीले बरामद गरेका चोरीको सुन तथा पैसा

काठमाडौंमा शृंखलाबद्ध चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले बाँकेको नेपालगन्ज घर भएका ४१ वर्षीय प्रेम थारूलाई पक्राउ गरेको हो। 

उनले तीनजनाको घरबाट एक करोड ६ लाख १४ हजार दुई सय रुपैयाँबराबरको चोरी गरेको एसपी पवनकुमार भट्टराईले बताए। 

पछिल्लोपटक उनले गत मंगलबार बौद्धस्थित एक घरमा चोरी गरेका थिए। नियन्त्रणका लागि प्रहरीले उनलाई गोली चलाएको थियो। 

उनको साथबाट करिब ६५ तोला सुन र विभिन्न देशको मुद्रा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका थारू यसअघि पनि चोरी मुद्दामा तीन वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। हालसम्म नौ जना पीडित सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार