संखुवासभाको मकालु गाउँपालिकामा ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । गएराति (बुधबार) राति साढे ८ बजे जिल्लाको मकालु गाउँपालिका– ५, मुढेस्थित उत्तरदक्षिण कोशी राजमार्गमा चिचिलाबाट नुमतर्फ जाँदै गरेको ना.५त ७०८१ नम्बरको ट्याक्टरबाट खसेर सिन्धुली हरिहरपुरगढी गाउँपालिका– ६ बस्ने वर्ष ३१ को नेमलाल तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार सोही ट्याक्टरमा कामदारको रूपमा रहेको तामाङ ट्याक्टरबाट अचानक सडकमा खसेको र सोही ट्याक्टरको पछाडिको चक्काले किचेर घटनास्थलमा नै मृत्यु भएको हो। घटनालगत्तै ट्याक्टरचालक फरार भएकाले खोजतलास भइरहेको छ भने मृतकको पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।