बजारमा अहिले ग्यासको अभाव भइरहेको छ नि ?
जाडो मौसममा सधैँ एलपी ग्यासको खपत १०–१ ५ प्रतिशतसम्म बढ्छ । तर, अहिले चाहिँ उपभोक्ताको मागअनुसार भारतबाट उद्योगमा ग्यास नआइरहेको स्थिति छ । उद्योगमा नै ग्यास पर्याप्त नभएपछि डिलरमा पनि आएको छैन । त्यसैले उपभोक्ताले मागेजति ग्यास दिन सकिएको छैन ।
भारतबाट आयात भएको ग्यासको समानुपातिक बिक्री प्रणाली नभएकाले पनि समस्या आएको हो कि ?
अहिले नेपालमा भित्रिएको ग्यासमध्ये घरायसीतर्पm कति र व्यावसायिकतर्फ (होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसलगायत)मा कति खपत भइरहेको छ भन्ने कुनै तथ्यांक छैन । त्यस्तै, डिलरकहाँ कति र सोझै व्यावसायिक ग्राहककहाँ कति ग्यास गइरहेको छ भन्ने परीक्षण गर्ने संयन्त्र पनि छैन । आयात भएको ग्यास कसरी वितरण भइरहेको छ भन्ने संयन्त्र विकास नभएसम्म वेलावेलामा यस्ता अभावको समस्या खेपिरहनुपरेको स्थिति छ ।
ग्यास अभावलाई स्थायी रूपमा समाधान गर्न के गर्नुपर्ला ?
कुन ग्यास उद्योगसँग कति विक्रेता छन्, कुन क्षेत्रका छन्, कुन विक्रेताले मासिक कति परिमाणमा ग्यास बिक्री गरिरहेका छन् जस्ता विषयलाई समेटेर ग्यास विक्रेता प्रमाणीकरण गर्नु जरुरी छ । विक्रेता प्रमाणीकरण हुनासाथ नेपालमा आयात भएको ग्यास कुन क्षेत्रमा कति बिक्री भयो भन्ने तथ्यांक सजिलै हेर्न सकिन्छ । यसबाट तत्कालै समस्या समाधानको पहल लिन सजिलो हुन्छ ।