काठमाडौंको बौद्धमा मंगलबार दिउँसो एक लाख चार हजारबराबरको चोरी भएको छ। बौद्धको टुसालनजिक बस्ने रिन्जी लामाको घरमा कोही नभएको अवस्थामा घरभित्र प्रवेश गरेर ३५ तोला सुनका गहना र ७० तोला चाँदीका गहना चोरी गरी भागेका हुन्।
उनको घरबाट १६ तोलाबराबरको सुनको माला, सात तोलाको सुनको ब्रासलेट, चार तोलाको सुनको चुरा, साढे दुई तोलाको झुम्का, अन्य साढे पाँच तोलाबराबरको सुनका गहना चोरी भएको हो। त्यस्तै, तीन लाख ५० हजारबराबरको चाँदीका गहना पनि चोरी भएको छ।
घटनाको विस्तृत रुपमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए।