संखुवासभामा खुकुरी प्रहारबाट एक घाइते

बुधबार, २१ माघ, २०८२
डिजिटल संस्करण

संखुवासभाको पाँचखपन नगरपालिकामा खुकुरी प्रहारबाट एक वृद्ध घाइते भएका छन्। बुधबार पाँचखपन–८ बस्ने ७४ वर्षीय निङ्मा शेर्पालाई चैनपुर नगरपालिका–२ पोखरी घर भई सोही वडा बस्ने ४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए।

अर्यालका अनुसार बुधबार दिउँसो करिब ३ बजेतिर आफ्नै घरमा बसिरहेका निङ्मालाई लाक्पा ओङ्दीले खुकुरी प्रहार गरी घाइते बनाएका थिए। घाइतेलाई उपचारका लागि पाँचखपनको बाना अस्पताल ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने लाक्पा ओङ्दी फरार छन्। उनको खोजतलाससँगै घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सुझावित समाचार