नेकपा एमालेका भ्रातृ संगठन नेपाल खेलकुद महासंघ संखुवासभाका जिल्ला अध्यक्ष सुनील श्रेष्ठले राजीनामा दिएका छन्। खाँदबारी नगरपालिका– ९ घर भएका श्रेष्ठले एमालेभित्र व्यक्ति हाबी र चरम गुटबन्दीका कारण कुनै पनि तहमा नरहने गरी राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन्।
लामो समयदेखि नेकपा एमालेको संगठन र पार्टी बनाउन योगदान दिएका श्रेष्ठ खाँदबारी नगर सचिवालय सदस्यसमेत रहेका थिए। चुनावको मुखमा श्रेष्ठले पार्टी परित्यागलाई महत्त्वपूर्ण रूपमा हेरिँदै आएको छ । नेकपा एमालेबाट संखुवासभामा प्रतिनिधिसभा उम्मेदवार डा. अर्जुनकुमार कार्की रहेका छन्।