हामीले किनिदिएको मोबाइल र ल्यापटप प्रयोग गरेर घरघरमा झगडा बनाउने षड्यन्त्र भयो : महेश बस्नेत

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण
हामीले किनिदिएको मोबाइल र ल्यापटप प्रयोग गरेर घरघरमा झगडा बनाउने षड्यन्त्र भयो : महेश बस्नेत

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा एमालेका सचिव महेश बस्नेतले आफूहरूले किनिदिएको मोबाइल र ल्यापटप प्रयोग गरेर आफूहरूकै बिचमा झगडा बनाउन षड्यन्त्र भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले नेपाललाई ‘हाइज्याक’ गर्ने साम्राज्यवादी शक्तिहरूको योजनाअनुसार जेन–जी आन्दोलनमा घुसपैठ भएको दाबी गरे।

‘कुनै वेला जातीय राज्य, कुनै वेला पहिचानको राज्य, कुनै वेला एक मधेश एक प्रदेशजस्ता मुद्दालाई एमालेलगायत राष्ट्रवादी शक्तिले डिफेन्स गरेकाले आज हामीले किन्देको मोबाइल, ल्यापटप प्रयोग गरेर हाम्रो पुस्ताको बिचमा घरघरमा झगडा बनाउने एउटा षड्यन्त्र भएको छ। यो साम्राज्यवादी शक्तिहरूको नेपालजस्तो देशलाई हाइज्याक गर्ने र कब्जा गर्ने योजना हो,’ उनले भने।

२३ भदौ २ बजेसम्मको आन्दोलनमा जेन–जीले उठाएका भ्रष्टाचारको विरोध, सुशासन र सोसल मिडियाको पहुँचको एजेन्डामा एमालेको पूर्ण समर्थन रहेको उनले प्रस्ट पारे।

२ बजेपछि जेन–जी नेतृत्वले आन्दोलन फिर्ता लिए पनि घुसपैठ भएको दाबी गर्दै बस्नेतले भने, ‘यो आन्दोलन होइन, मुलुकमाथि आक्रमण हो।’
 

सुझावित समाचार