कञ्चनपुरको बेलौरी नगरपालिकामा एक जेन–जी युवा भ्रष्टाचारविरुद्ध आमरण अनशनमा बसेका छन् । जेन–जी युवा केशवकुमार बोहरा मंगलबारदेखि बेलौरी किसान नेता सहिद भीमदत्त पन्त सालिकछेउमै भ्रष्टाचारविरुद्ध आमरण अनशनमा बसेका हुन् । बोहराले भीमदत्त चोकमै अनशनमा बसेर समग्र भ्रष्टाचारविरुद्धमा आन्दोलन भएको बताएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन महिना दिनअगावै बोहराले जारी गरेको आमरण अनशनको राजनीतिक वृत्तमा अर्थ राखेको छ । देशका तीनै तहका सरकारमा हुने भ्रष्टाचार मुक्तका लागि आमरण अनशनका माध्यमबाट आन्दोलनमा होमिएको बोहराको भनाइ छ ।