पाकिस्तानको निर्णयले विश्व क्रिकेटलाई २५ करोड डलर घाटा

बुधबार, २१ माघ, २०८२
डिजिटल संस्करण

पाकिस्तानले भारतमा गएर नखेल्ने निर्णय लिएसँगै विश्व क्रिकेटलाई लगभग २५ करोड अमेरिकी डलर आर्थिक क्षति हुने अनुमान गरिएको छ । पाकिस्तानले आगामी १५ फेब्रुअरीमा भारतसँगको खेल उनीहरूको भूमिमा नखेल्ने निर्णय लिएको छ । पाकिस्तानले भारतबाहेक श्रीलंकामा छिमेकी राष्ट्रसँग प्रतिस्पर्धा गर्ने प्रस्ताव आइसिसीसमक्ष राखेको थियो । तर, आइसिसीले पूर्ववत् खेलतालिका र मैदान परिवर्तन नहुने जनाउँदा पाकिस्तान सरकारले भारत नजाने निर्णय लिएको हो । आइसिसीले पाकिस्तानलाई आर्थिक दण्ड लगाउने अधिकार राखेको छ । 

भारत–पाकिस्तान खेलको विश्वव्यापी दर्शक संख्या अर्बभन्दा बढी हुने र यसको आर्थिक मूल्य अत्यन्त ठुलो रहेको दी सिड्नी मोर्निङ हेराल्डले जनाएको छ । राजनीतिक तनावका कारण भारत र पाकिस्तानबिचको प्रतिस्पर्धा विश्वकपकै बहुप्रतिक्षित खेलका रूपमा रहेको छ । 

यी दुई राष्ट्रबिचको खेललाई आइसिसीले सबैभन्दा ठुलो व्यावसायिक आकर्षण मानेको छ । यसैकारण आइसिसीले भारत र पाकिस्तानबिचको खेल एकै समूहमा राख्दै आएको छ । पाकिस्तानको पछिल्लो निर्णयका कारण आइसिसी र भारतको मिडिया अधिकारधारी जियोस्टारलई पनि आर्थिक झट्का लाग्नेछ । जियोस्टारले आइसिसीसँग गरेको तीन अर्ब डलरको सम्झौता पुनर्विचार गर्ने प्रयाससमेत गरिरहेको छ । प्रसारणकर्तालाई मात्रै २४ देखि ३० मिलियन डलर बराबरको विज्ञापन घाटा हुन सक्ने अनुमान छ । भारत–पाकिस्तानबिचको खेलमा १० सेकेन्ड विज्ञापनको मूल्य ४८ हजार डलर अमेरिकी डलर तोकिएको छ । 

See More On

सुझावित समाचार