बर्दियाको गुलरियामा निर्वाचनलक्षित घटना अभ्यास गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित घटना अभ्यास गरिएको हो।
प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी नमुना मतदान केन्द्र निर्माण, मतदान केन्द्रमा देखिने आकस्मिक समस्यालाई व्यवस्थापन, मतपेटिका र मतपत्रको सुरक्षा, निर्वाचन खटिने कर्मचारी र मतदाताको सुरक्षा व्यवस्थापनलगायत निर्वाचनलक्षित घटना अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए।
उनले भने- निर्वाचनलक्षित घटना अभ्यास कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, नेपाली सेना बज्रदल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान सहभागिता रहेको छ।