राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सोमबार भएका दुईवटै खेल गोलरहित बराबरीमा सकिएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा चित्लाङ एफसी र सातदोबाटो युथ क्लबबिचको पहिलो खेलमा गोल नै भएनन् ।
त्यसपछि उत्कृष्ट फर्ममा रहेको मच्छिन्द्र क्लबले नवप्रवेशी लालीगुराँस एसोसिएसनसँग गोलरहित बराबरी खेल्यो । पाँच खेलमा पहिलोपटक बराबरीमा रोकेको मच्छिन्द्र १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको अर्को अपराजित टोली एपिएफले आगामी खेल जित्दा शीर्ष स्थानमा पुग्नेछ । पाँचौँ खेलमा दोस्रो बराबरी निकालेको लालीगुराँस ११ अंकसहित पाँचौँ स्थानमा छ । पाँच खेलपछि सातदोबाटो र चित्लाङले समान पाँच अंक जोडेका छन् । दुवै टोलीले समान एक जित, दुई बराबरी र दुई खेलमा हारको सामना गरेका छन् ।