नदीमा तैरिने फोहोर संकलन गर्न ‘ट्रास ब्यारियर’ [भिडियाे]

सोमबार, १९ माघ, २०८२
डिजिटल संस्करण
नदीमा तैरिने फोहोर संकलन गर्न ‘ट्रास ब्यारियर’ [भिडियाे]

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास ब्यारियर राखेको हो।

बागमती नदी र यसका सहायक खोलामा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास ब्यारियर राखिएको हो। बागमतीका पाँच स्थान गोकर्ण, गुह्येश्वरी, मनोहरा दोभान, युएन पार्क र कर्मनाशा दोभाननजिकै ट्रास ब्यारियर राखिएको छ।

ट्रास ब्यारियरमा बोतल, काठका टुक्रा, कपडासहितका फोहोर वस्तुलाई रोकेर निश्चित स्थानमा जम्मा गराउने संरचना हुन्छ। २०८२ साउन ५ गते प्रविधि इन्टरनेसनलसँग ६५ लाखमा सम्झौता भई ट्रास ब्यारियर खरिद गरिएको थियो।

हेर्नुस् भिडियाे :

सुझावित समाचार