राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसर खोज्न आह्वान गरेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित कार्यक्रममा उनले नेपालले वैदेशिक लगानीका लागि स्थिर आर्थिक वातावरण, सहज प्रक्रिया र पूर्ण सुरक्षा सुनिश्चित गरेको बताए।
कृषि, जलस्रोत, पर्यटन, ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानी गर्दा आर्थिक लाभसँगै सामाजिक योगदान पनि हुने विश्वास व्यक्त गरे। उनले नेपालले उदार आर्थिक नीति अवलम्बन गर्दै विदेशी लगानी आकर्षित गर्न कानुनी र संस्थागत सुधार गरेको बताए।