कांग्रेसले युवाको भावनालाई समेटेको छ : महामन्त्री पौडेल

शनिबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले युवापुस्ताको चाहना र आवाजलाई आफ्नो राजनीतिक यात्रामा समेट्दै अघि बढेको बताएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बालुवाटारस्थित विशाल मिलन केन्द्रमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नु युवापुस्ताको अपेक्षालाई आत्मसात् गर्ने प्रयास भएको स्पष्ट गरे। गत भदौ २३ र २४ गतेको आन्दोलनलाई उनले युवाको सक्रिय सहभागिताबाट अघि बढेको आन्दोलनको रूपमा उल्लेख गरे।

महामन्त्री पौडेलले सुशासन सबै नेपालीको साझा चाहना भएको उल्लेख गर्दै नागरिक स्वतन्त्रताको प्रयोगमा कुनै पनि किसिमको अवरोध हुनु नहुने धारणा राखे। उनले अघिल्लो निर्वाचनका वेला व्यक्त गरेका सबै प्रतिबद्धता पूरा गर्न नसकिएको स्वीकार गरे पनि आफूले कुनै गलत कार्य नगरेको दाबी गरे।
 
 

सुझावित समाचार