साताभरमा सुनको मूल्यमा तीव्र उतारचढाव

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । ठुलो अन्तरले बढ्दा ऐतिहासिक रेकर्डसमेत कायम भएको छ । चीनलगायतका केन्द्रीय बैंकहरूले सुनको खरिद बढाउनु, अन्तर्राष्ट्रिय विनिमयका रूपमा सुन स्थापित हुनु, अमेरिका–इरानबिच थप तनाव बढ्नुले सुरक्षित लगानीका रूपमा सुनतर्फ लगानीकर्ता आकर्षित हुँदा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै उच्च रहन पुगेको विश्लेषकको भनाइ छ । त्यस्तै, बढ्दो औद्योगिक माग र चिनियाँ निर्यात नियन्त्रणलगायतका कारणले चाँदीको भाउ अकासिएको छ ।

नेपाली बजारमा सुनको मूल्य गत आइतबार प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ रहेकोमा सोमबार, मंगलबार, बुधबार र बिहीबार एकपछि अर्को उच्च मूल्य कायम गर्दै हालसम्मकै उच्च प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो । शुक्रबार भने ठुलो अन्तरले मूल्य घटेर प्रतितोला तीन लाख १८ हजार आठ सय कायम भयो । समग्रमा शुक्रबार आइपुग्दा आइतबारको तुलनामा प्रतितोला १५ हजार रुपैयाँ मूल्यवृद्धि भयो । 

त्यस्तै, चाँदीको मूल्यले पनि यो साता ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ६ हजार चार सय ८० कायम रहेकोमा चाँदी सोमबार, मंगलबार र बुधबार निरन्तर बढेर बिहीबार आइपुग्दा प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँ रह्यो ।

See More On

सुझावित समाचार