पोखरामा साफ यू–१९ महिला आजदेखि

शनिबार, १७ माघ, २०८२
डिजिटल संस्करण

पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप शनिबारदेखि सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा पोखरा रंगशालास्थित फुटबल रंगशालामा च्याम्पियनसिप २४ माघसम्म हुनेछ ।

च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान र बंगलादेशले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । नेपालले शनिबारै आफ्नो पहिलो खेलमा भारतको सामना गर्नेछ ।

नेपालका प्रशिक्षक सुमन श्रेष्ठले तयारी कम भए पनि राम्रो नतिजा निकाल्ने बताए । नेपालकी कप्तान सुशीला केसीले घरेलु मैदानको फाइदा लिने बताइन् । प्रतियोगिताको फाइनल २४ माघमा हुनेछ । 

See More On

सुझावित समाचार