बालेनको टोलीमा अछाम पुगेका सिटौला बेहोस, उपचारका लागि काठमाडौं लगियो

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग अछाम पुगेका दिनेश सिटौला बेहोस भएपछि हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको छ । चुनावी प्रचारका क्रममा सदरमुकाम मंगलसेन पुगेका शाहसँगै रहेका सिटौला शुक्रबार बिहान बेहोस भएर ढलेपछि उनलाई नेपाली सेनाको हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको हो ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिमका जिल्लाहरूमा चुनालक्षित भेटघाट गर्ने क्रममा रहेका शाहको टोलीमा आएका सिटौला नुवाकोटनिवासी हुन् । उनी हाल काठमाडौंमै बस्दै आएको खुलेको छ ।

४४ वर्षका सिटौला बेहोस भएर ढलेपछि उनलाई तत्काल जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । तर, अस्पतालले जिल्लामा उपचार सम्भव नरहेको भन्दै रिफर गरेपछि काठमाडौं लगेको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए । उनलाई सेनाको हेलिकाेप्टरले सुर्खेत लगी त्यहाँबाट सेनाकै स्काई ट्रकमार्फत काठमाडौं लगिएको हो । सिटौलालाई काठमाडौं लगेपछि रास्वपा वरिष्ठ नेता शाहले मंगलसेनस्थित पार्टी कार्यालयमा पुगेर समर्थकहरूलाई भेटघाट गरेका छन् ।   

सुझावित समाचार