सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न नौ निर्माण व्यवसायी–आपूर्तिकर्तालाई सातदिने लिखित स्पष्टीकरण पेस गर्न सोधेको छ।
कार्यालयले आज जारी गरेको सूचनामा भनिएको छ कि कालोसूचीमा राख्न नपर्ने कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुपर्नेछ।
विभिन्न सार्वजनिक निकायहरूले ती व्यवसायीहरूलाई कालोसूचीमा राख्न सिफारिस गरेका थिए। तर, कालोसूचीमा राख्न नपर्ने आधार भएमा त्यसको प्रमाणसहित सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको थियो। हालसम्म जवाफ प्राप्त नभएकाले कार्यालयले पुनः सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन जारी गरेको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयले व्यवसायीहरूलाई उक्त म्यादभित्र लिखित स्पष्टीकरण पेस नगरे कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।
