सिटिजन्स बैंकले गर्‍यो क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेकोे छ । बैंकले गुडगावँ भारतस्थित मेदान्त द मेडिसिटी अस्पतालसँगको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरेको हो । यो पहलमार्फत क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्ने, भ्रम हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको छ ।

कार्यक्रमअन्तर्गत बैंकका सबै महिला कर्मचारीका लागि स्तन क्यान्सरसम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू विषयक वेबिनार आयोजना गरिएको हो । यसको सहजीकरण मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. कञ्चन कौरले गरेका थिए । यस कार्यक्रममा पाँच सय १३ जना महिला कर्मचारीको सहभागिता रहेको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीका लागि ‘प्रोस्टेट क्यान्सर : भ्रम र यथार्थ’ विषयक सत्रसमेत सञ्चालन गरेको छ । जसमा मेदान्त अस्पतालकै वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले सहजीकरण गरेका थिए । उक्त सत्रमा पाँच सय नौजना कर्मचारीले सहभागिता जनाएका थिए । साथै, बैंकका ग्राहकलाई उपचारमा थप सहजता पुग्ने उद्देश्यसहित कार्डवाहक ग्राहकलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने बताइएको छ । 

सुझावित समाचार